एकाबिहानै फोनको घण्टी बज्यो। पुरानो नोकियाको धुन धेरै बेरसम्म सुन्न मन लागेन।
“हेलो सर, तुरुन्तै गौशाला अाउन पर्यो। इमर्जेन्सी! ठेगाना मेसेज गर्देको छु”
निन्द्रा पुगेकै थिएन। कस्तो इमर्जेन्सी हो सुत्न नि नपाउने!
भर्खर ५:३० मात्रै बजेको रहेछ। बाइक स्टार्ट गरेर गौशालातर्फ लम्के।
ठेगानामा बताए बमोजिम घरमा पुगे। मेरा आँखा उनको अनुहारमा गएर टक्क अडियो। ति निर्दोष आँखा पहिलै कतै देखे जस्ता। त्यो गुलाबी अोठ पहिलै स्पर्श गरेजस्तो। धेरै सम्झन खोजे तर याद नै अाएन। सायद मेरो भ्रम पो हो कि!

“सर, मृतकको नाम अनुजा लम्साल, उमेर लगभग २८ बर्ष, घर पनौती, यहाँ चाहि डेरामा बस्ने अनि टेक्सास कलेजमा पढाउने रहिछिन्। हिजो दिउँसो कलेजबाट २ बजे नै छुट्टी लिएर आएकी रहेछिन्। सधैँ ४ बजे मर्निङ वाक जाने साथीले अाज बोलाउदा केही उत्तर नआएपछि झ्याल खोलेर हेर्दा लास देखेछन्।”

यसो भनिरहँदा पनौतीको हरिहर स्कुलको प्राङ्गण मेरो आँखा अगाडि अाउछ। लामो कपाल अनि हसिलो अनुहार भएकी केटी मेरो छेउमा आएर भन्छे, “हेलो, मेरो नाम अनुजा लम्साल। तिमी नयाँ आएको हो?”

म झस्किन्छु। लगभग १८ बर्ष अगाडिकी मेरी प्रिय मित्र पो रहिछन्। म आत्तिए लौ न के भयो! यतिका बर्ष पछिको भेट त्यो पनि उनको सास बिना।

“सर, कोठा भित्रैबाट चुकुल लगाएको थियो। यसको मतलब आत्महत्या हुन सक्छ। तर सुसाइड नोट फेला नपरेको हुनाले हत्या पनि हुन सक्ने सम्भावना छ। बडि पोस्टमार्टमको लागि पठाइदिउ? सर..”

“हँ, हुन्छ।” बल्ल मेरो मुख खुल्यो। प्रहरीको जिवन भावनात्मक बन्नु हुँदैन भनेर पहिल्यै ट्रेनिङमा सिकाइएको थियो।

म सम्झन्छु ति दिन छोटो समयका लागि थिए यदापि मिठा थिए। छ महिनामै अनुजा र म निकै मिल्ने साथी भइसकेका थियौ। मैंले त उसलाई मनमै राखेको थिए। बुवाको सरकारी जागिर भएकाले १ बर्षमै पनौती छोड्न परेको थियो। मन पटक्कै थिएन मलाई। उसको आँखाभरि आशु देखेको थिएँ मेरो बिदाईमा। त्यसपछि कहिल्यै भेट भएन। आज उसको अनुहार बर्षौ पछि देखे, तर कुराकानी केहि भएन। यो परिस्थितिलाई सम्हाल्ने पत्तो पनि पाइनँ। सोचेको पनि थिइनँ, मेरो बाल्यकालको साथी, मेरो पहिलो प्रेमको लाससँग यसरी जम्काभेट हुन्छ भनेर।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *