उसले भन्यो माया गर्छु एकदमै धेरै
मुटुमै सजाउँछु रानी बनाउँछु गफ हान्यो धेरै
सुरुमा त होला नि भनेर नै पत्याए
अलि-अलि गर्दै मायामा फस्दै पो गए

उसका हरेक कुरा रोमान्टिक लाग्न थाले
सँगै जिवन जिउने सपना पनि देख्न थाले
सबै कुरा मजाकमा लिने, ऊ त बैमानी रैछ
जिस्केको मात्रै हुँ, माया प्रेम केहि छैन् पो भन्छ

कस्तो केटो भेटेछु, हावामै मलाई पट्याउने
म पनि कस्ती अक्कडी, जे गफ पनि पत्याउने
यस्सै झुटो पिरतीको जालमा आफैंलाई फसाए
अाफ्नै मन रुवाए अनि आफैंलाई जलाए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *