उनी भन्दै थिइन, फलानाले रोगी भइस् भने रे
राम राम जपे स्वर्ग पुगिन्छ भनेर सुनाए रे
उनको मन अत्तालियो, साच्चै म मर्दै छु र?
म पछि मेरा बालबच्चालाई कस्ले हेर्ला र?

अाखाँबाट अविरल बगिरहे ति आँसुका थोपाहरू
कति लुकाउन खोजिन् छट्पटिएका अनि तड्पिएका भावनाहरू
पोल्यो पोल्यो भन्दै भक्कानिने उनका आवाजहरु
कसरी सहन सकिन होला ति अनगिन्ती पिडाहरु

सञ्चै हुदाँ थाकेको बेला आराम गर्ने समय थिएन
के रोग लाग्यो त्यस्तो अोछ्यानबाट उठ्ने तागत रहेन
कति सपना थिए, यो गर्छु त्यो गर्छु भन्दै सोचेका कुरा
कस्तो अहो भाग्य, केहि पनि हुन दिएन पुरा

उनलाई गाह्रो भइ चिच्याउँदा अनि आमा भन्दै रुदाँ
फकाउने मै थिएँ, हिम्मत नहार भन्दै बुझाउने मै थिएँ,
तिमीलाई केही हुन दिन्न भन्दै भगवान् संग झगडा गर्ने पनि मै थिएँ!
कस्ट धेरै भएर सहनै सकिनन्,
उनले अन्तिम सास लिदाँ त्यो भिडमा आँखा खोल भन्दै कराउँदै रुने पनि मै थिएँ!

कति सरापे होला दुष्ट भगवान् भन्दै
मेरो खुशी देख्न नसक्ने आरिसे भन्दै
उनको शरिर‌ लास बनिसक्दा पनि हिम्मत मैंले हारेकी थिइन
एकैछिनलाई सुतेकी हौ, जुरुक्क उठ्छौ भन्दै अरुलाई मान्दै मानिन

निकै गहिरो निन्द्रा लाग्यो कि, उठ्दै उठिनौ
त्यो पापी रोगले साह्रै दुखायो कि फर्किनै मानिनौ
तिम्रा सबै पिडा मलाई सारिदिन भगवान् लाई थिए भाकेको
सुन्दै सुनेनन् कि सुनेर नि बुझ्पचाए मैंले गुहारेको!

के रोग लाग्यो त्यस्तो निकै हुन खोजेन
कुन गल्तीको सजायँ थियो, त्यो पनि भनेन
सास लिएर गयो, हाम्रो आँसु देखेन
निस्ठुरी रहेछ, अझसम्म फर्केन!

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *