खै कहाँबाट सुरु गरौ, अनेकौ कुराहरु छरपस्ट छन् मन भित्र
कुन चै खोतलौ, कुन चै छोडिदिउ, प्रश्न अनगिन्ती छन्, मित्र
अटाउन पनि अन्नन्त सक्ने, यो मनमा कत्ती धेरै ठाउँ रहेछ
बालखदेखीको कुरा बुढो हुन्जेलसम्म, म्याद नि नसकिने रहेछ!

कहिले हास्ने सानो कुरामा, फेरी रुन पनि ठुलो कुरै नचाहिने
मनको घरमा किन हो एकैनाश कहिलै नहुने
कहिले सोच्न मन लाग्ने, कहिले सुन्न मन लाग्ने
कहिले जिस्किन मन लाग्ने त कहिले बोल्नै मन नलाग्ने!
चौबाटोमा गएर नाच्न मन लाग्ने, एकैछिनमा लाज लागे झै नि हुने
चिच्याएर सबैलाई कराउन मन लाग्ने, एक्लै बसेर ग्वाग्वा रुन नि मन लाग्ने!

चन्चल भनौ या सार्है बुज्झकी छुट्याउन गार्हो किन
समय अनुसार बदलिन्छ आखिर मौसम हो कि यो मन
कोही एक्दमै आत्मिय लाग्छ, उस्को अगाडि सर्वस्व सुम्पिउ झै
कसैलाई देख्दै घ्रिडा पैदा हुन्छ, मर्ने बेला पानी नि नदिनु झै!

मन साँच्चिकै भारी हुन्छ कि यो सब भ्रम मात्र हो?
मुटु साँच्चिकै पोल्छ कि अन्त्यमा दिमागको खेल हो?
पिडा कस्लाई भन्ने, दु:ख कस्लाई भन्ने?
मन सन्तोषी हुन नसक्दैमा दु:खमा भएको सोच्ने?
मन बुजाउन नसक्ने अनी तेस्लाई पिडा भएको ठान्ने?
आँखाबाट अबिरल आसु झार्ने सड्यंत्र त हैन?
कत्ती हास्ने भनेर ओठलाई दिएको आराम त हैन?

केही नबुझे नि बुझे जस्तो किन गर्दछ यो मन
चाहेको कुरा नपाउदा किन ल्याउछ जिद्दिपन
उड्न मात्र खोज्छ, बरालिन्छ, केही सुन्दैन
आफ्नै मर्जी चलाउछ, अरुले भनेको कहिलै मान्दैन!

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *