माया त यस्तो होस्

image

म रिसाएर फन्किदा मेरो हात समाएर मलाई फकाउनु
मैले छोडेर जाने कुरा गर्दा हाम्रो मायाको महत्व बुझाउनु
जानि नजानि लाएको माया कति गल्ती भए होलान्
धेरै दु:ख दिँदा मैंले, कति आशु खसे होलान्

मायामा नै टिकेको हाम्रो जिन्दगी मायामा नै समर्पित भयो
कसरी शुरु गरौ भन्दा भन्दै कहिल्यै अन्त्य नहुने भयो
तिमी छौ अनि पो म छु, मेरो अस्तित्व छ, मेरो माया छ
खुसी छु, भाग्यमानी ठान्छु, जिन्दगीभरको साथ पाएको छु

मायामा भएरै स्वन्त्रित अनि झनै सकारात्मक भए म
तिम्रो साथले उमङ्ग अनि उत्साह थप्यो मेरो जीवनमा
माया त यस्तो होस्, भित्रैबाट उर्जा दिने
एक अर्काको खुसीको लागि जे गर्न नि मरि मेट्ने!

Related Posts

One thought on “माया त यस्तो होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *