कस्तो पापी रहेछ त्यो
आफ्नो मात्रै राम्रो सोच्ने
अरूलाई त मान्छे नै नगन्ने
दुःख दिने अनि गाली गर्ने

कस्तो असल हुन् तिनी
आफ्नो त वास्तै नगर्ने
अरुको बारेमा मात्रै सोच्ने
सबैलाई माया गर्ने अति ग्यानी

एउटाले आएर घर बनाइदियो
अर्कोले आएर सबै भत्काइदियो
सबै असल थिए, खै कहाँबाट
कस्ताे बद्मास पैदा भयो?

आफु त त्यस्तै थियो अग्यानी
बिगार्यो बिचरा ति असललाई पनि
ठिकै रैछ बुढापाकाले भन्ने
एउटा कुहिएको अालुले सिङ्गो बोरालाई कुहाउने।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *