image

ऊ जन्मिदै सबैले मुख खुम्च्याए
बाल्यकालभरि काम मात्रै गराए
पढाइमा तेज थिइ, बोलीवचन मिठो
सबैलाई माया गर्ने, अनुहार नि उजेलो

उमेर हुदै गयो, तन्नेरी ठिटो हात माग्न आयो
बाउले केहि नसोची छोरीलाई जिम्मा लायो
बिहे पछि झनै कठिन बन्यो उसको जिन्दगी
कसलाई पोख्ने पिडा कतै पाइन उसले साथि

न सुत्ने ठेगान न खानाको, शरिर भयो मात्र हड्डीको
माया कतै भेटिन, दिमाग भइसक्यो पागल अवस्थाको
त्यै पनि ऊ हाँसी मात्र रहन्छे, झुटो मुस्कान छर्छे
मरेकि आमालाई सम्झन्छे, एक्लै हुँदा आशु खसाल्छे

आफुले आफैलाई अत्यन्तै अभागी ठान्छे उसले
दुःख मात्र पाइ सुखको अनुहार नै देखेकि छैन रे
उसको जस्तो जिवन कसैको नहोस् प्रार्थना गर्छे अझै
किन अभागी बनायौ भनि भगवानलाई दोष दिन्छे धेरै

#

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *