मलाई उठ्न मन छ
यथार्थको यो सपनाबाट बिउँझन मन छ
थकित छन् शरिरका प्रत्येक अङ्गहरू
निको पार्न छ कयौँ आलो घाउहरू
सच्याउन छ यो सपनामा गरेका गल्तीहरु
जानी नजानि निम्त्याएका आँशुहरु
नचाहँदा नचाहँदै गुमाएका खुसीहरु
जतिबेलै सजिएको बनावटी मुस्कानहरु

मलाई उठ्न मन छ
यो स्वार्थले भरिपूर्ण संसारबाट भाग्न मन छ
छरपष्ट भएका मेरा चाहनाहरु समेट्न छ
चिच्याएर मनका पिडा टाढा फ्याक्नु छ
आफुलाई सम्हाल्दै साहसी अनि निडर बन्नु छ
यो झुटो संसारभन्दा धेरै पर जानु छ
आफ्नो खुसी खोज्नु छ, साँच्चिकै खुसी हुनु छ
मलाई उठ्न मन छ, सपनाबाट बिउँझन मन छ।