एकाबिहानै पानी लिन धारातिर लागे
कसैले बोलाए झै लाग्यो यता उता हेरे
बच्चा रोएको जस्तै लाग्यो, दगुर्न थाले
जति खोजे पनि केही देखेन यि आँखाले

भोलिपल्ट फेरि उहि कुरा दोहोरियो
भ्रम हो कि यथार्थ छुट्याउनै गाह्रो भयो
अझ आकाश खस्नै लागे जस्तो देख्छु
जमिन फाटिसकेको अनुभूति गर्छु

मुटुभरि त्रास बोकि हिड्छु, भन्दिन कसैलाई
‌अोठमा मुस्कान छर्छु, खुसी बनाउछु सबैलाई
यो बाध्यता हो कि मेरो चाहना, कि भनौ सपना
मनभित्रै संगाल्ने सारा व्यथा, कस्तो बिडम्बना