ए साथी!

ए साथी, आउन एकछिन बात गरौ
धेरै दिन भैसक्यो तिमिसंग कुरा नभएको
झगड़ा नगरेको अनी माया नलगाएको
याद त तिमिलाइ नि आउदो हो मेरो
मनमा गुम्सिएका कुरा सुनाउन खोज्दी हौ
की नया साथी पाएर मलाई भुलिसक्यौ?

झलझली आख़ै अगाड़ी आउछन
संगै बिताएका प्रत्येक पलहरूँ
त्यो पिरो चटपटे, त्यो हिलो बाटो
जता जादा नि सँगै जे गर्दा नि संगै
कहिले नछुट्टिने नङ मासूझै हामी
विडम्बना आज, कहाँ म अनी कहाँ तिमि!

समयलाई कत्ती दोष दिने?
परिस्थितिलाई कत्ती सराप्ने?
आफ्नै आखा लागेको पो हो कि?
विषालु ईखले झुक्न नदेको पो हो कि?
नकारात्मक भावनाले निलेको पो हो कि?
या मित्रताको महत्व बुझ्दै नबूज़ेको!

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *