स्कुले माया

झ्यालबाट चिहाउँदा मैंले तिमी पनि मुसुक्क हाँस्थ्यौ
साथीहरूले जिस्काउदा झन् म भन्दा धेरै लजाउथ्यौ
नोट लिने बहानामा छुट्टी हुन्जेलसम्म कुरि बस्थ्यौ
अनुहारमा हेर्न नसक्ने कति सोझो, भुइँतिर हेर्दै बोल्थ्यौ

साइकलमा घर फर्किदा मेरो पछि-पछि घरैसम्म पछ्याउथ्यौ
कतै भेट हुँदा अझ जानिजानी सामु आएर नदेखेझै गर्थ्यौ
कुनैदिन स्कुल नजादाँ म, टिफिन छोडेर मेरो घरतिर दौडने
टोलभरीका केटाहरु बटुलेर मेरै छिमेकको बारीमा खेल्न पर्ने

चञ्चल अनि निस्वार्थ तिम्रो माया अझै सम्झिदाँ झस्किन्छु
पुराना तस्वीरमा आँखा गए अझै पनि एक्लै मुस्कुराउँछु
ति दिनहरु पो थिए रमाइला पलहरु मायाले भरिएका
मायाको मिठो सुवास अनि सुमधुर धुन चौतर्फी छरिएका।

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *