आशा

रातको अँधेरीलाई छिचोल्दै उदायो सूर्य
चिर्बिर् चरीको आवाजले हटायो निन्द्रा
सदा झै एउटै क्रममा चलिरहेछ दिन
उमंग सबै हराएजस्तो लाग्दैछ किन

साथीभाई सबै बाटो लागेछन् कता पुगे कता
म भने अझै अल्मलिदै यता जाऊ कि उता
कस्तो भएछ जिन्दगी सार्है नै उराठलाग्दो
केहि गर्ने जाँगर छैन् एकदमै दिक्कलाग्दो

बरू त्यो चरा जस्तै उड्न पाए पो हुन्थ्यो कि
एकोहोरो यो जिवनमा केहि नयाँपन पो आउथ्यो कि
संसार घुम्न पाउँथे होला, आफ्नो मर्जी गर्थे होला
न केहि डर न कुनै चिन्ता, आहाँ! कति रमाइलो हुन्थ्यो होला

तर थाकेर घर पुग्दा आमाको मिठो खाना पाउनु कसरी
बुवाको गाली अनि दिदीको माया भेटौ कसरी
सानो खुशीलाई त देख्नै छोडेछ के भयो मेरो मन
के कुरामा अल्मलिए खै अाफैलाई बिर्सिएछु झन

अब सोच बदल्छु, जिवनको यथार्थलाई आत्मसात् गर्छु
असली खुसीलाई चिन्छु, नकारात्मक कुरालाई त्याग्छु
धेरै भयो उदासिपना, पालो अायो सकारात्मक सोचको
रमाएको छ मन, पाएको छु नयाँ किरण आशाको

One response

Leave a Reply

Your email address will not be published. Required fields are marked *