उजाड मरुभुमिझै, तिर्खाले व्याकुल चरीझै
उत्साह उमंग केही नभएको बाटोमा सुत्ने माग्ने झै
जिन्दगी के भयो खै, खाली खाली कस्तो रित्तो
आँखा भरि सपना छन् तर टोलाउछु हेर्दै भित्तो
उदासिनतामा रमाउने चाहना पक्कै थिएन
सादा भएको जिवनमा हराउन चाहदै चाहिन
रङ्गिन बनाउन खोजे तर रङ्ग पो भेटिन
हर्षको बर्षा गराउन हिडे तर अाशुले छोड्नै मानेन
थकित भएछु, रङ्गविहीन भएछु, उदासी पनि
फिकाफिका जिन्दगी एकदमै नरमाईलो अनि
कोहि त आइदेउ, मलाई हसाइदेऊ
खालिपन छाएको मनमा माया भरिदेऊ।
No responses yet