शिशिर

हेमन्तको चिसोलाई अझै निखार्न आयो शिशिर
आफु सँगै लिएर आयो मायाको मिठो बहार
त्यहि पर एउटा केटो देखे भुइँतिर पारेको शिर
कुरा गर्न अघि लम्के, नामै पो रहेछ शिशिर

निस्सासिएको थिए म बल्ल सास फेर्न पाए
ऊ सँगको कुराकानीमा हराउदै पो गए
गफ पनि कस्तो आउने त्यो मोरो शिशिरलाई
भेट भको केहि समयमै बनायो साथी जुनिलाई

संयोग भनौ या भाग्यको खेल, भएछ हाम्रो मनको मेल
एकै भेटमा मोहनी लागेझैँ, कतै भयो कि झेल
म थिए पुर्वान्चलकी अनि ऊ पश्चिमाञ्चल
मुटु साट्यौ माया गास्यौ भेट भयो मध्यमाञ्चल

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *