ऊ आई, चुपचाप बसी, सबैका कुरा सुनी, अनि फर्कि
कस्ती होली, कहाँकि होली, किन आएकी थिइ, केहि नबोली किन गई?
कसैले वास्तै पो गरेनन् कि, के छ भनेर सोध्दै पो सोधेनन् कि?
हेर्दा मात्रै हसिली हो कि, साच्चिकै उज्याली?
एकैछिनमा फेरि आइ, आफुसँगै हाँसो लिएर
केहि छ्यड अघि आएकि आफैंलाई बिर्सेर
के लुकाएकि थिइ कुन्नि भन्दै भनिन
मनमा दबाएका कुरालाई खोल्नै मानिन
बेला बेला आफै रमाउने, फेरि के हुन्छ अर्कै दुनियाँमा पुग्ने
कस्तो अनौठी होली, जति नै चाहे नि बुझ्नै नसक्ने
आखिरमा मनको कुरा कतिञ्जेल मनमा बस्न सक्थ्यो र
कसैलाइ नभनि कसरी मन हल्का हुन्थ्यो र
कति ठुलो पिडा बोकेर हिडेकि पो रहिछे
मनमा दबाएर आफैलाइ झनै गाह्रो बनाइछे
कस्तो भयोे होला मुुटुको टुक्राले छोडेर जादाँ
गरुङ्गो भारी मनमा एक्लैले बोक्नु पर्दा
तैपनि साहसी रहिछे, अघि बढ्न खोजिरहिछे
आफुलाई ढुङ्गै बनाएपनि जिवन जिउन छोडिनछे
मनै त हो नि माया नखोज्ने कुरै भएन
तर सोचे जस्तो दुःख भुलाइदिने मान्छे पो भएन
ऊ अघि सर्छे, हिँडिरहन्छे,थाक्दै थाक्दिन
साहसी छे, दह्री छे, निडर भइकन केहिबाट भाग्दिन
जन्मिदै त कस्ले पो सबै जान्या हुन्छ र
उस्ले जस्तै आफ्नो अस्तित्व बनाउन कस्ले पो सक्छ र!