सुन्यता

सधैँझैं आज पनि हुलाक गएर आए। केहि लिन गएको थिए म, आफुसँगै लिएर अाए केबल सुन्यता। कयौं रात बिते त्यति नै दिन पनि। आज भेटौला छैन, भोलि पो भेटिन्छ कि अहँ छैन। कतिन्जेल पर्खने? आत्तिसके म। केहि नराम्रो पो भयो कि, छ्या कस्तो पापी मन! जे पनि सोचिदिन्छ।

बर्सौ बितिसक्यो मैंले चिठ्ठी कै भरमा आफुलाई सम्हालेको। सानो छदाँ सबैले आफ्नो बाबाको बारेमा भन्थे, तर मसंग केहि हुदैनथ्यो बाबाको कुरा गर्नलाई। अहिले १७ बर्षको ठिटो भइसके अझै सम्म बाबाको अनुहार कस्तो थियो राम्रो संग याद पनि छैन। इच्छा त कसलाई नहुँदो हो आफुलाई जन्म दिने बाउसँग घुम्ने, कुरा गर्ने। तर खप्पर मै नभएसि कस्को के पो लाग्छ र। कहिले काँही त लाग्छ, यस्तो गरिव परिवारमा जन्मनु भन्दा त गर्व मै तुहिएको भए हुन्थ्यो होला। आफु सँगैका साथीहरु हेर्छु, दिक्क लाग्छ, कस्तो दूर्भाग्य मेरो! आमा दुःख गर्न नसकेर छोडेर गइन्, बाउ दुःख हटाउछु भन्ने उद्देश्यले बिदेसिन पुगे। बिचमा म एक्लो, न आमाको माया पाए न बाबाको नै। कतै इच्छाले दिएन कतै बाध्यताले।

आज १ हप्ता भइसक्यो बाबाको चिठ्ठी नआएको। हाम्रो एकमात्र सम्पर्कको माध्यम हुलाकमा मेरो लागि कुनै चिट्ठी आएन। कस्तो बिडम्बना हो यो चाहेर पनि केही गर्न नसक्ने। बाबा, के भयो हजुरलाई? कि बिर्सिनु भयो मलाई? मन अत्तालिसक्यो। ढुकढुकी बन्द भएजस्तो। कस्तो बैरागिए म। एकमात्र साहारा मेरो चिठ्ठी अझै आएन।

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *