चन्चल मन

एउटा काम गर्न बस्यो, मन अर्कै तिर डुल्छ
यता उता नजर घुमाइ अनावश्यक कुरा सोच्छ
साह्रै चन्चल भयो मन, शान्त बनाउनै सकिनँ
जति कोसिस गरे पनि वशमा राख्नै जानिनँ

निन्द्रा नि हराए जस्तो भोक नि छैन हौ
अल्छी मात्र लाग्छ के भको यस्तो लौ
पहिले त यस्तो थिएन के भयो आजकाल
ए मन, भन्देउ त किन निहुँ खोज्छौ झनझन्

जतिबेलै डुल्न खोज्ने स्थिर बस्नै नमान्ने
एउटा कुरा समात्यो भने छोड्दै नछोड्ने
आराम गर्न पनि नदिने कति सताउछ मलाई
कोहि त भनिदेउ कसरी सम्हालु यो चन्चल मनलाई।

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *