मलाई माया को जालमा फसाएर
मेरो जिन्दगीलाई बर्बाद गरेर
उ विना बाच्नै नसक्ने बनाएर
कता गई निष्ठुरी, धुरुधुरु रुवाएर
धोका नै दिनु थियो त मायाको नाटक किन गरी
आधा बाटोमै छोड्नुथियो त जिन्दगीभरको वाचा किन गरी
सधैँ संगै हुनेछौ भनेर आस्वासन नै किन दिलाइ
मेरो मुटु टुक्रयाउनु थियो त मेरो मुटुको टुक्रा किन बनी
तन मन धन सर्वस्व सुम्पेको थिए मैले
सबै कुरा मान्थे आखिर के गल्ती गरे मैले
कस्ती मोरी रहिछे मलाई जड्याहाँ बनाएर गई
सार्है निर्दयी रहिछे मलाई मर्नलाई छोडेर गई