तनाव

बिहानै उठ्यो, निन्द्रा पुगेन तनाव
ढिला उठ्यो, ढिला भयो भनेर तनाव
खाना खायो, मोटाउने भइयो भनेर तनाव
थोरै खायो, प्रेसर लो होला अर्को तनाव

अफिस गयो, धेरै काम देखेर तनाव
काम छैन, कसरी दिन कटाउने तनाव
हतारमा काम गर्यो, बिग्रेला कि भनेर तनाव
आरामले गर्यो, समयमा नसकिने तनाव

राति सुत्न खोज्यो, भोलि के होला तनाव
निन्द्रा लाग्दैन, फेरि ढिला उठिन्छ तनाव
सानो छदाँ ढुक्क थियो, थिएन कुनै तनाव
जति उमेर बढ्दै गयो, त्यति बढ्यो तनाव।

4 Responses

Leave a Reply to asmitabista Cancel reply

Your email address will not be published. Required fields are marked *