हिजोको म, अरुका लागि बाच्थे
आजको म, आफ्ना खुसी छान्छु
हिजोसम्म निस्वार्थ जिउथे
आजदेखि स्वार्थी भएछु
पल्ला घरकाले सोझी छे भन्थे मुख खुम्च्याउँदै
आज नि मुख बिगार्छन्, घमन्डी छे भनेर
साथी भाईले फकाइफुल्याइ काम अर्हाउथे
आज त तर्किन्छन्, ऊ अाइ हिरोइनी भन्दै
सबैले परिवर्तन मात्र महसुस गरे
जान्न खोजेनन् आन्तरिक कुरो
किन यस्तो भइ, कसरी भइ
कसैले सोधेनन् अनि भनिन मैले पनि
No responses yet