गुम्सिएको सोच

हिजो पनि भात खानै पाइएन
आज पनि खादै खाइएन
अस्ति बिहान खाएको खाना
त्यसपछि छैन पेटमा कुनै अन्न!

विवशता कस्तो हो गरिबीको
चोर बनायो, भिखारी बनायो
निचोर्नुसम्म निचोरि सक्यो
थेचार्नु थेचार्यो, बाटोमै सुतायो!

अनगिन्ती सपना छन्, पुरा हुनै नसक्ने
अाकाश माथि चन्द्रमा देख्छु, छुनै नसक्ने
गाठो परेछ जिन्दगी खोल्नै नसक्ने
जिउँदो लास सरह यो ज्यान, सासै नजाने!

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *