सन्दर्भ साथको

image

सबैजना सँगै हुदाँ एक्लिएको पक्कै थिइनँ म

दन्किरहेको आगोमा जलिरहेको छदै छैन म

सबै आफ्नै धुनमा हुँदा म पनि सँगै रमाएकै छु नि

पवित्र जलको नशामा मात्तिएको छदै छु नि

नयाँ मान्छेको भिडमा पनि साथको अनुभूति

नयाँ सम्बन्धको शुरुवात भएजस्तो कस्तो खुशी

कस्तो मन हो, चाहि नचाहि आत्मिय ठानिसकेछु

जानि नजानि मनमा बसाइसकेछु

भेट पछि छुट्नै पर्ने कस्तो यो नियति

पाएको साथ सदैव नरहने जति नै चाहेनि

रमाइलो पल छ्यडिक मात्र, जन्मान्तर नहुने

भेटौला फेरि, छ याद मनमा सदा साथ रहने

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *