हामी पनि चरा जस्तै उड्न पाए
बेफिक्री भइ आनन्दले डुल्न पाए
कस्तो हुँदो हो, आकाश छुन पाए
हाँस्दै खेल्दै रमाउँदै जिवन जिउन पाए

तनावमुक्त जिन्दगी कस्तो हुँदो हो
मायाले भरिपूर्ण समाज कस्तो हुँदो हो
कस्तो हुँदो हो, सबैमा सहयोगी भावना
मिलनसार अनि युद्द बिहिनको संसार!