अर्की आइमाई

कस्तो खुसी थियो मेरो परिवार
सधैँ हाँसखेल गर्ने अनि रमाउने
खै कहाँबाट कस्को आँखा लाग्यो
सबै बिथोलियो, छरपष्ट भयो

आमा रुन्छिन् एकातिर धुरुधुरु
बाउ लागे अर्कै बाटो केहि नसोची
अर्कि आइमाई भनौदी कस्ती रहिछे
मेरो परिवार टुक्राएरै पो छोडिछे

मेरा जन्म दिने बाउ पनि कस्ता हुन्
अर्धाङ्गिनी, सन्तान सबै भुलाउने
एकोहोरो त्यो आइमाईको मोहमा फस्ने
घरै नआउने, आइहाले झगडा मात्रै गर्ने

ऊ पनि त आइमाई नै हो, कस्तो नबुझेकी
मेरी आमालाई चोट दिएर कसरी हास्न सकेकी
कस्तो हुदो हो, जिवनसाथीले चटक्कै बिर्सदा
आफ्नो ठाउँमा अर्की अाइमाईलाई राख्दा!

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *