सानै थिएँ, मलाई डाक्टर बन्नु थियो
अलिकति ठुलो भए, वकिल मन पर्यो
अलि बुझ्ने भए, समाजसेवी बन्न लम्के
अन्त्यमा आए इन्जिनियर बनेर गए
ठुलो मान्छे बन्छु, नाम कमाउछु भन्थे
सबैलाई खुसी राख्छु, माया गर्छु ठान्थे
तर यथार्थमा यति सजिलो कहाँ छ र
मेहनत बिना इच्छा कसरी पुर्ण हुन्छ र!