दुई शब्द

उसले भन्यो केहि भन्न
मैंले भने अँ भने
उसले भन्यो दिमाग नचाट्न
मैंले भने छि: फोहोरी
उसले केही सुन्न चाहन्थ्यो
तर म भन्ने मुडमा थिइनँ
उसले हसाँउन खोजेथ्यो
मैंले हाँस्नै मानिनँ
उसले उज्यालोतिर लग्यो
मैंले अधेरीलाई संगै लान खोजे
उसले माया पनि देखायो
तर मैंले आखाँ चिम्लिदिए
अनेकौं कोसिस गर्यो
मैंले ति प्रयास देख्दै देखिनँ
दिक्क भएछ खै कता गयो
नहुदाँ मलाई यादले सतायो!

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *