घडीले ८ बजेको संकेत दिइसकेछ
खाटको छेउमै एक कप कफी आइसकेछ
निन्द्रामा मस्त उसले आखाँ खोल्यो
चिनी कम भयो भनेर बेसरी चिच्यायो
डराउँदै उसकी स्वास्नी चिनी थप्न आई
तरकारी डढ्न लाग्यो भनि भान्सातिर भागी
ऊ उठ्यो आङ तान्दै अनि ठुलो हाई गर्दै
मुख धोइ, कपाल कोरी बस्यो मेचमा पत्रिका हेर्दै
खाना तयार नहुन्जेल करायो, पस्केपछि वास्तै छैन
सर्ट आइरन भएन, घडी भेटिएन, आफुले केहि गर्ने हैन
अफिस गयो आयो, उस्को घमण्ड पैसा कमाउने कुरो
मनलाग्दी गर्छ खान्छ डुल्छ गफ हान्छ,आफुलाई ठान्छ हिरो
महिला पुरुष बराबर भनेर भाषण नि छाड्छ
व्यवहारमा केहि छैन मुखले मात्र ठिक्क पर्छ
कस्तो अहम् आफु लोग्ने मान्छे हुँ भनेर
आइमाईलाई मान्छे नै नगन्ने अत्यन्तै हेपेर
No responses yet