कस्तो मिठो मुस्कान तिम्रो, हेरेको हेरै भए म त
कस्तो प्यारो बोली तिम्रो, सुनेको सुनै भए म त
एकै नजरमा माया बस्छ भन्थे, साँच्चिकै रहेछ
मनलाई आफ्नो बनाउन कत्ति नि नलाग्ने रहेछ
न्यूरोडको सानो गल्लीमा देखे आज तिमीलाई
पहिलो भेटमै मुटु सुम्पे, के भयो लौ न मलाई
मायामा फस्दिन भन्थे, मायाले फसायो मलाई
तिम्रै मात्र झझल्को आउँछ, भोक निद्रा सबै हराई
कहाँकि होलिन्, कति बर्ष पुगिन्, केहि थाहा छैन्
उनलाई माया बस्यो कि बसेन, केहि पत्तो भएन
फेरि त्यही गल्लीमा कुरौँ कि, फेसबुकमा खोजौ?
त्यो अनुहार भुल्नै सकिन, अब म के चाहि गरौ?