समय

मेरो आँखा खुलेदेखि देखेको तिम्लाई
हिड्न, बोल्न, पढ्न अनि खेल्न सिकायौ मलाई
कति दु:ख दिए होला, कति रुवाए होला
धेरै कुरामा जिद्दी अनि घमन्ड पनि गरे होला

ए बुने! भनेर बोलाउदा तिम्ले, कस्तो दिक्क लाग्थ्यो
मेरा अनगिन्ती अाकांछ्या पुरा गर्दिदा साह्रै खुसी लाग्थ्यो
कस्तो अटेरी केटी भनेर सुधार्न नि खोजेउ
मलाई लागेका हरेक चोटमा आशु पनि चुहायौ

आज तिमी छैनौ तर मुटुभरी याद संगालिएका छन्
तिम्रो बोली सुन्न पाएको छैन, तर तिम्रा आवाज घन्किरहेका छन्
ए समय, केहि जादु गरिदेउन, मलाई पहिलेको ठाउँमा पुर्याइदेउन
एक पललाई मात्र भएनि, सबै पहिले जस्तै बनाइदेउन!

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *