चाहन त पहिल्यै चाहेको हो नि मैले
मुटुमा सजाएको पनि भइसक्यो धेरै
भन्नै पो सकिन, मैंले आट नै गरिन
मनका भावनाहरु व्यक्त गर्नै जानिनँ।
एकोहोरो माया यो मनमै सिमित भो
डरले हो कि लाजले मुख खोल्नै गाह्रो भो
उसलाई हेर्दै मुस्कुराउछु, नदेख्दा छट्पटिन्छु
एकतर्फी माया मेरो, एक्लै मख्ख पर्छु।
No responses yet