म खस्दै छु

छोरी भनी बोलाएको सुने

हजुर आमा! जवाफ दिन खोजेँ

आँखा खुल्यो पाइन तिमीलाई

कत्ति खोजे पनि भेट्न सकिन तिमीलाई

 

हिजो जस्तै लाग्छ तिमी बिरामी भएको

कसरी बिर्सिउँ मेरै अगाडि अन्तिम सास लिएको

गर्व गर्थ्यौ तिम्री छोरी बुझ्ने भइसकिछे भनेर

पिडा हुँदा नि हाँस्दथ्यौ मेरा हावा कुरा सुनेर

 

ज्ञानी छोरी बन भन्यौ, बनेँ नि आमा

उसको प्रेम त्यागेर तिम्रो माया रोजे नि

अहिले हेर, न प्रेम रह्यो न  माया

साथ रह्यो केवल मेरो आफ्नो छायाँ

 

तिम्रो साथी भनौँदाले तिम्रो ठाउँ अर्कैलाई दिएछन्

तिमीलाई त झुटो माया पो देखाएछन्

पुरुशार्थ देखाउन लम्केछन्

आखिरमा आफ्नै रगतबाट टाढिएछन्

 

हेर कति साहसी भइसकिछे तिम्री छोरी

आँखामा आँशु लुकाएर ओठमा मुस्कान ल्याउन जनिसकिछे

कहाँ छोडेथ्यौ, अहिले कहाँ पुगिसकिछे

झन् झन् तल तल खस्दै पो रहिछे

 

निस्किसकेको आँशुलाई भित्रै दबाउन सिकिछे

बाहिरी हाँसोले दुःख लुकाउन पो थालिछे

तर अन्धकारमा सिरानी भिजेको कस्लाई पो थाहा छ र

म त खस्दै छु कसले पो देख्छ र

 

डर लाग्छ यतै कतै हराउने त हैन म

तिम्रो इक्ष्या पुरा गर्न नसक्ने त हैन

उम्किन चाहन्छु म, तर झनै भसिँदैछु

सक्छौ, आएर बचाउ न आमा

म त खस्दै छु हेर न आमा

 

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *