अल्छी

ए उठ्न बुने, कति सुतेकी
उज्यालो भइसक्यो किन नटेरेकी
कति धेरै काम छ पेन्डिङमा
निन्द्राले सबै कुरा गर्दिदैन रियलमा

एकैछिनमा ढिला हुन्छ अफिसलाई
सधैँ ढिला आउछे भनेको सुन्नलाई
छिटो उठ्न ए! मेरै लागि भएनि
फुर्सद भए बरु टन्न नास्ता खाउली

कति सार्हो अल्छी भएकी हेर यो केटी
अल्छिपनाले बोझो बनायो दिमाग जति
सुबुद्दीले भनेको वास्तै नगर्ने केहि नसुन्ने
अनि पछि केहि भ्याएन भनेर कराउने।

3 Responses

Leave a Reply to asmitabista Cancel reply

Your email address will not be published. Required fields are marked *