मुड अफ

कस्तो हो यो मुड पनि जतिबेलै अफ हुने
कस्तो हो यो निधार पनि जतिबेलै खुम्चिने
सबैले सोध्छन्, अोइ के भयो, किन ठुस्स?
रिस मात्रै उठ्छ, के भयो खै, भइसके दिक्क!

दिमागभरि अनेकौं कुराहरु छन् चलेका जोडले
गर्छु भनेर अाट गर्यो, दिदैन अफ भएको मुडले
सक्दै सकिनँ शान्त पार्न यो मुड भन्ने जन्तुलाई
कसो गरौं कहाँ जाऔ, नर्मल बनाउन जिवनलाई?

2 Responses

Leave a Reply to Sujal Shakya Cancel reply

Your email address will not be published. Required fields are marked *