मन दुख्दा नि खस्ने, खुसी हुदा नि खस्ने
चित्त नबुझ्दा नि झर्ने, रिस उठ्दा नि बग्ने
हेर्दा पानी जस्तो, चाख्दा नुनिलो जस्तो
कस्तो हो यो आँसु, निस्किसकेकि आनन्द भएजस्तो!
गाला सम्म मात्र नभइ, घाटि सम्मै पुग्यो
कसै गरि रोकिनैे मानेन, अनुहार पुरै भरियो
व्यथा मनका निस्किदै गयो, दुःखलाई कम पार्यो
आँसु खस्न नि जरुरी रहेछ, भारी मनलाई हल्का पार्यो!